गोरखाका अपांग परिवारलाई ईनास युएई द्वारा आर्थिक सहयोग

युएई।जेष्ठ१३, गोरखाको सहिदलखन गाउँपालिका वडा न ७ बुङ्कोट थोर्के स्थित धन बहादुर श्रेष्ठका सबै सन्तान अपांग भएको परिवारलाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ईनासले अार्थिक सहयाेग गरेकाे छ।

विभिन्न अन्लाईन मिडिया बाट ‘सबै सन्तान अपांग भएको परिवारलाई घर बनाइदिने अभियानमा वडाध्यक्ष’ शिर्षकमा समाचार प्रकाशित भएपछि करिव ४५ हजार रुपैयाँ सहयोग रकम पीडित परिवारलाई हस्तान्तरण गरेको इनास युएईले जानकारी दिएको छ।

आफ्ना तीनै जना सन्तानमा अपांगता भएपछि धनबहादुर दम्पतिाई समस्या भएको थियो । नयाँ घर बनाउन नसकेपछि उनीहरु त्यही भुकम्पले भत्केको घरमा बस्न बाध्य भएका थिए। वडाअध्यक्ष श्रेष्ठको पहलमा धनबहादुरलाई घर बनाइदिने अभियानमा हाल सम्म १० लाख सहयोग रकम संकलन भएको छ।

गत २६ जनवरी, शुक्रबार यूएईको राजधानी अबुधाबीस्थित फोल्कलोर थिएटरमा सम्पन्न अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अबुधावी क्षेत्रको आयोजनामा  अनाथ तथा असहाय बालबालीकाको सहयोगार्थ आयोजित सोनाम ल्होछार कार्यक्रम बाट संकलित रकम पत्रकार लिलाधर कोइरालाको सक्रियतामा हस्तान्तरण गरिएको सोनाम ल्होछार २०१८ आयोजक समितिका कार्यकम व्यवस्थापक भिम घिसिङ्गले जानकारी दिएका छन।

कमेन्ट गर्नुहोस्