दोस्रो पटक सलमान खानको नेपाल भ्रमण स्थगित हुनुको कारण यस्तो छ-

बलिउडका चर्चित अभिनेता सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित भएको छ।

आयोजक संस्था ओडीसी इन्टरनेसनलले सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष कारणबस कार्यक्रम स्थगित भएको जानकारी दिएको छ।

पहिलोपटक काठमाडौंको टुँडिखेलमा हुने भनिएको सलमानको ‘दबंग द टुर’ १० मार्चका लागि तय भएको थियो ।

सलमानसँगै बलिउड कलाकारहरू सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएकोमा विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल भ्रमणा स्थगित भएको बताएका थिए ।

कमेन्ट गर्नुहोस्