बाँकेको एक विद्यालयमा तीन विद्यार्थी तीन जना शिक्षक !

बाँके, जेठ १३ । बाँकेको डुढुवा गाउँपालिकामा रहेको एक प्राथमिक तहको विद्यालयमा तीन जना मात्र विद्यार्थी रहेका छन् ।

ती तीन जना विद्यार्थीलाई तीन जना शिक्षकले पढाउँदै आएको पाईएको छ ।

जनता कल्याण नेपाल राष्ट्रिय प्राथमिक विद्यालय डुढुुवा ५ नानुपुरवाम तीन जना मात्र विद्यार्थी विद्यालयमा आउने गरेका छन् ।

कक्षा ५ सम्मको अनुमति प्राप्त सो विद्यालयमा दुई स्थायी र एक अस्थायी दरबन्दीका तीन शिक्षकले ती तीन जना विद्यार्थीलाई पढाउँदै आएका छन् । गोरखापत्र दैनिकमा यो खबर छ ।

कमेन्ट गर्नुहोस्