अढाई लाख नागरिक तुईनकै भरमा, प्रधामन्त्री ओलीको तुइन हटाउने निर्णय अढाई बर्ष बितिसक्दा पनि पूरा भएन

काठमाडौं, जेठ १३ । पहिलोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्नासाथ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरबाट तुईन हटाउने निर्णय गरेका थिए ।

२०७२ असोज २५ गते प्रधानमन्त्री कुर्सीमा बसेपछि उनले देशभरका तीन सय ८५ वटा तुईन दुई बर्षभित्र विस्थापित गरी पुल निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

ओलीले उक्त निर्णय गरेको अढाई बर्ष बितिसक्दा पनि प्रदेश ७ सुदूरपश्चिम तुईनमुक्त हुन सकेको छैन ।

खोला नदि वारपार गर्ने अन्य विकल्प नहुँदा जोखिमपुर्ण तुईनकै भर गर्नुपरेको छ ।

ओली दोस्रोपटक प्रधानमन्त्री भएको पनि सय दिन पुगिसकेको छ । नागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्