गाउँमा नै झाडापखाला, हालसम्म चार सय विरामी

दाङ, जेठ १३ । पश्चिम दाङ स्थित शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा झाडापखाला फैलिएको छ ।

दुषित पानीका कारण फैलिएको झाडापखालाले झन्डै चार सय विरामी परेका छन् ।

शान्तिनगर स्वास्थ्यचौकीमा शनिबार बेलुकासम्म ३ सय ८४ विरामी उपचारका लागि पुगेका छन् ।

अस्पतालमा अधिकांश झाडापखालाका विरामी उपचारका लागि पुगेका बताइएको छ।

विरामी हुनेमा धेरै जसो महिला छ्न् ।

अहिलेसम्म ३ सय ८४ झाडापखालाका विरामी उपचारका लागि आएका छन् ।, स्वास्थ्यचौकी प्रमुख हरि पुनले भने, विरामी आउने क्रम जारी छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

कमेन्ट गर्नुहोस्