३३ बालबालिका उद्धार, अवैध बालगृह संचालक प्रहरी नियन्त्रणमा

रुकुम, जेठ १३ । अवैध रुपमा बालगृहमा राखिएका ३३ बालबालिकाको उद्धार गरिएको छ ।

मुसीकोट नगरपालिका १ बागबजारमा सञ्चालित नरसिंह हिमालय अनाथ बालगृहबाट शनिबार जुम्लाका २४ र रुुकुम पूर्वका ९ जना बालबालिकाको उद्धार गरिएको हो ।

बालगृह सञ्चालक विवेक बुढा पनि पक्राउ परेका छन् ।

शनिबार जिल्ला बाल कल्याण समिति, मुसीकोट नगरपालिका र जिल्ला प्रहरी कार्यालयले मापदण्ड नपुर्याएर सञ्चालन गरिएको बालगृहका बालबालिकाको उद्धार गरि घर फर्काएका हुन् ।

आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

कमेन्ट गर्नुहोस्