समृद्धिका लागि सबै क्षेत्रको विकास अपरिहार्यः मन्त्री विश्वकर्मा

पोखरा, जेठ १३ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको समृद्धिका लागि सबै क्षेत्रको विकास अपरिहार्य रहेको बताउनु भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाका–४ भदौरेमा सञ्चालित बहादुरे माविको हातामा ३५ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न भएको दुईतल्ले मञ्च, कम्पाउण्ड तथा अभिनन्दन एवम् सम्मान कार्यक्रमको शनिबार उद्घाटन गर्दै उहाँले भावि कार्यक्रम युवा केन्द्रितसमेत बताउनुभयो ।

मुलुकलाई पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बनाइने अभियानका साथ सरकार योजना बनाएर लाग्ने तयारीमा जुटेको बताउँदै उहाँले युवालाई स्वदेशमै उद्यमशीलतामा लाग्ने वातावरण तयार गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्वसांसद सीता गिरीले ग्रामीण क्षेत्रको विकास बिना मुलुकको समृद्धिको परिकल्पना गर्न नसकिने विचार व्यक्त गर्नुभयो । रासस

कमेन्ट गर्नुहोस्