कहाँ होलान्  ‘गोरे’ ले प्रयोग गर्ने हतियार ?

काठमाडौं, जेठ १३ । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले प्रयोग गरिरहेको हतियार फेला परेको छैन ।

गृह मन्त्रालयका सहसचिव ईश्वराज पोडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले उनले प्रयोग गरेका तीन वटा पेस्तोल खोजिरहेको छ ।

उनले दुईजना व्यक्तिसँग किनेको हतियार फेला परेको छैन ।

हामीले खोजी गरिरहेका छौँ, समिति स्रोतले भन्यो, हिरासतमै भएका मानिससँग छ भन्ने सुचना आएकाले अनुसन्धान गरिरहेका छौँ ।

स्रोतका अनुसार गत बर्षदेखि नै उनले हितयार बोक्दै आएका थिए । आजको नागरिक दैनिकमा यो खबर छ ।

कमेन्ट गर्नुहोस्