महन्थ ठाकुरलाई प्रतिनिधिसभा सभामुखको प्रस्ताव

काठमाडौं, जेठ १३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा सभामुखको प्रस्ताव गरेको छ ।

यसअघि विघटित नेकपा एमालेले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल गरेको थियो ।

नेकपाका नेताहरुले ठाकुरलाई सभामुख हुन प्रस्ताव गरेका छन् ।
हाल कृष्णबहादुर महरा सभामुख र शिवमाया तुम्बाहाम्फे उपसभामुख छिन् । सभामुख र उपसभामुख अलग अलग पार्टीबाट हुनुपर्ने प्रावधान छ ।

यसले गर्द केहीले यसमा हेरफेर हुनसक्ने बताएका छन् ।

केहीले भने पार्टीले नचाहे यसमा हेरफेर हुन नसक्ने बताएका छन् । आजको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।

कमेन्ट गर्नुहोस्