नेकपा संसदीय दलमा कार्यविभाजनः कसले के पद पाए

काठमाडौं, जेठ १३ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डले प्रतिनिधिसभा र राष्ट्रिय सभा संसदीय दलमा नेताहरूको कार्यविभाजन टुंग्याएका छन् ।

प्रधानमन्त्री ओलीको सरकारीनिवास बालुवाटारमा शनिबार भएको छलफलले चार पदमा तत्कालीन दुई पार्टीका तर्फबाट दुई–दुईजना पर्ने गरी जिम्मेवारी टुंग्याइएको हो ।

ओली र दाहालले प्रतिनिधिसभा संसदीय दलको उपनेता सुवास नेम्वाङ र राष्ट्रिय सभा संसदीय दलको नेता दीनानाथ शर्मा बनाउने सहमति गरेका छन् ।

नेकपा संसदीय दलको नेतामा प्रधानमन्त्री ओली चयन भइसकेका छन् ।

नेम्वाङ तत्कालीन एमालेबाट प्रतिनिधिसभा दलको उपनेता तथा शर्मा राष्ट्रिय सभामा माओवादीबाट दलको नेता थिए ।

याे पनि पढ्नुस  रोल्पामा ‘जनसत्ता’ बनाउन कसरत

संसदीय दलको कामलाई प्रभावकारी बनाउन दुवै नेतालाई निरन्तरता दिने सहमति भएको उच्च स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले दुई अध्यक्षबीच राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भए पनि सहमतिबारे अनभिज्ञता प्रकट गरे ।

गुरुङ प्रमुख सचेतक, चौधरी सचेतक

त्यस्तै, प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक देव गुरुङ तथा सचेतक शान्ता चौधरी हुनेछिन् ।

गुरुङ तत्कालीन माओवादी दलका प्रमुख सचेतक थिए भने चौधरी एमालेबाट सचेतक थिइन् । तत्कालीन एमालेबाट खगराज अधिकारी प्रमुख सचेतक थिए ।

त्यस्तै, राष्ट्रिय सभाको प्रमुख सचेतक र सचेतकबारे आइतबार बिहानसम्म दुई अध्यक्षले टुंगो लगाउने एक केन्द्रीय सचिवालय सदस्यले बताए ।

याे पनि पढ्नुस  नेकपाका जिल्ला सेक्रेटरी पक्राउ

यसअघि राष्ट्रिय सभामा तत्कालीन एमालेका तर्फबाट संसदीय दलको नेता बनाउने भनिएका सांसद पर्शु मेघी गुरुङ तथा प्रमुख सचेतक बनाउने तयारी गरिएका सांसद खिमलाल भट्टराईलाई संसदीय समितिको सभापति बनाइने स्रोतले जनायो ।

संसदीय दलको विधान बन्दै

नेकपाले पार्टी संसदीय दलको नयाँ विधान बनाइरहेको छ । पार्टी एकीकरणपछि तत्कालीन एमाले र माओवादी केन्द्रको पुरानो विधान मिलाएर छुट्टै नयाँ विधान बनाउने तयारी अघि बढेको हो ।

प्रदेश र जिल्लामा सम्मानजनक भूमिका खोज्दै पूर्वमाओवादी

पूर्वमाओवादी केन्द्रका पोलिटब्युरो सदस्यहरूले प्रदेश, जिल्ला र जनवर्गीय संगठनमा पनि सम्मानजनक भूमिकाको दाबी गरेका छन् । केन्द्रीय कमटीमा नपरेपछि तत्कालीन माओवादी पोलिटब्युरो सदस्यहरूले अध्यक्ष प्रचण्डसमक्ष हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएरै माग राखेका हुन् ।

याे पनि पढ्नुस  नेकपाका जिल्ला सेक्रेटरी पक्राउ

कार्यविभाजनमा सन्तुलन

प्रतिनिधिसभामा दलको उपनेता र सचेतक तत्कालीन एमाले र प्रमुख सचेतक तत्कालीन माओवादीको भागमा परेको छ ।

प्रतिनिधिसभाको सभामुख तत्कालीन माओवादी नेता कृष्णबहादुर महरा रहेकाले दलको नेता प्रधानमन्त्री केपी ओली बनेका छन् भने उपसभामुख तत्कालीन एमालेकी डा। शिवमाया तुम्बाहम्फे छिन् ।

त्यस्तै, राष्ट्रिय सभाको अध्यक्ष तत्कालीन एमालेबाट गणेश तिमल्सिना बनाइएकाले दलको नेता माओवादी केन्द्रबाट दीननाथ शर्मालाई बनाइएको छ । यो खबर आजको नया पत्रिका दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्