अज्ञात समूहद्धारा फर्निचर उद्योगको निर्माणधिन भवनमा बम विस्फोट

कञ्चनपुर, जेठ १३ । भिमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा रहेको फर्निचर उद्योगमा अज्ञात समूहले बम विष्फोट गरेको छ ।

सन्तोष सुनारले संचालन गर्दै आएका श्री देवस्वामी तथा फर्निचर उद्योगको निर्माणाधिन भवनमा आज विहान ४ बजे अज्ञात समूहले बम विष्फोट गरेको हो ।

अज्ञात समूहले गरेको बम विष्फोटबाट निर्माणाधिन भवनको पर्खालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिए ।

विष्टका अनुसार बिना कुनै चेतावनी विष्फोट गरेकाले कसले र किन गर्यो भन्ने बारेमा खुल्न सकेको छैन ।

घटनाका बारेमा फर्निचर संचालकसँग सोधपुछ भइरहेको प्रहरी प्रमुख विष्टले बताए ।

बिहान बम विष्फोट भएपछि चौकीदारले खबर गरेपछि मात्र आफूले घटना बारे थाहा भएको फर्निचर संचालक सन्तोष सुनारले बताए ।

वार्षिक २५ हजार रुपैयाँका दरले नगर विकास समितिको ५ कठ्ठा जमिन लिजमा लिएका सुनारले २०५८ सालदेखि फर्निचर उद्योग संचालन गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्