Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइपीएल उपाधिका लागि हैदरावाद र चेन्नई भिड्दै

काठमाडौं, जेठ १३ । इण्डियन प्रियिमर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिंग्सबीच भीड्ने छन्।

उपाधी भिडन्त मुम्बइको वाङखाडे रंगशालामा हुने छ । आजको खेल निकै रोमाञ्चक हुने अपेक्षा छ ।

पाँच दिन अघि पहिलो क्वालिफायरमा यहि स्टेडियममा यी दुवै टिमविच खेल भएको थियो । जसमा चेन्नइ दुई विकेटले विजयी भएको थियो । अंक तालिकामा शीर्ष स्थानमा रहेका दुवै टीम ट्रफीका लागि नेपाली समय अनुसार ७ः१५ मा मैदान उत्रिने छन् ।

चेन्नइसँग कप्तान धोनीसहित धेरै खेलाडी ३० वर्ष माथिका छन् ।

अनुभवी खेलाडी भएकाले धेरै क्रिकेटप्रेमीले यो संस्करणको उपाधी चेन्नइले नै जित्ने आंकलन गरेका छन् । तर, हैदराबादले यो पटक उत्कृष्ट प्रदर्शन गर्दै फाइनल प्रवेश गरेकाले चेन्नइलाई उपाधी जित्न त्यति सजिलो छैन ।

हैदराबादसँग अपेक्षाकृत युवा खेलाडी छन्, र उनीहरुले यो वर्ष उत्कृष्ट प्रदर्शन गरेका छन् ।

हैदरावदालाई हराउँदै चेन्नई यस अघि नै फाइनलमा प्रवेश गरेको हो भने शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १३ रनले पाखा लगाउदै हैदरावाद फाइनलमा प्रवेश गरेको हो ।

राशिद खानको उत्कृष्ट प्रदर्शनमा साइराइजर्स हैदरावाद आईपीएल क्रिकेटको फाइनल प्रवेश गरेको हो ।

यसअघि पहिलो क्वालिफायरमा पनि हैदरावाद र चेन्नईबीच खेल भएको थियो ।

खेलमा चेन्नई विजयी हुँदै फाइनल पुग्दा हैदरावाद दोस्रो क्वालिफायरमा धकेलिएको थियो ।

समूह चरणमा खेलिएका दुवै खेलमा पनि चेन्नईले हैदरावादलाई हराएको थियो ।

शुक्रबार हैदरावादले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६१ रन मात्र जोड्न सक्यो ।

उसका लागि क्रिस लिनले सर्वाधिक ४५ रन जोडे । दोस्रो विकेट गुमाउँदा ८७ रन जोडेको कोलकाताले मिडल ओभरमा राम्रो ब्याटिङ गर्न सकेन ।

कोलकताको इनिङ कमजोर पार्न हैदरावादका रसिद खानले ३ विकेट लिए ।

उनले ४ ओरभमा १९ रन मात्र खर्चे । यस्तै कोर्लोस बाथवेट र सिद्धान्त कौलले २–२ विकेट हात पारे ।

त्यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रन जोड्यो ।

उसका लागि ऋद्धिमान साहले ३५ रन र शिखर धनवले ३४ रन जोडे।

मध्यक्रमका ब्याट्सम्यानले उल्लेख्य रन जोडन नसकेपनि रसिद खानले १० बलमा नटआउट ३४ रन जोडे। उनी नै खेलको म्यान अफ द म्याच भए ।

बलिङमा कोलकाता कुलदीप यादवले २ विकेट लिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: