थाइराइडका समस्या र समाधानका उपायहरु

सुभाषचन्द्र अर्याल

मे २५, विश्व थाइराइड दिवस, विश्वभर बिभिन्न कार्यक्रम गरि मनाइयो। पछिल्लो समय नेपालमा थाइराइडको समस्या अत्याधिक मानिसहरुमा देखापर्न थालेको छ।

यो समस्या सबै वर्ग र उमेर समूहका मानिसहरुमा देखापर्दछ भने पुरुषको तुलनामा महिलाहरुमा बढि देखापर्दछ।

थाइराइड भनेको एउटा ग्रन्थी हो, जुन पुतलीको आकारको घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ ।

थाइराइइड ग्रन्थीले टि थ्रि र टि फोर हर्मोन उत्पादन गर्छ जसले शरिरमा मेटाबोलिज्ममा (खानामा भएको पौष्टिक तत्त्वलाइ शक्तिमा रुपान्तरण गर्ने) सहयोग गर्ने गर्दछ।

साथै, टाउकामा पाइने पिट्ट्युटरी ग्रन्थिले टीसीएच हर्मोन उत्पादन गर्छ, जसले थाइराइड ग्रन्थिलाइ हर्मोन उत्पादन गर्न प्रेरित गर्दछ।

हाइपोथाइरोइज्म

थाइराइड ग्रन्थीले टि थ्रि र टि फोर हर्मोन कम उत्पादन गर्नाले पिट्ट्युटरि ग्रन्थिले टीसीएच हर्मोन बढी मात्रामा उत्पादन गर्छ। जसलार्इ हाइपोथाइरोइज्म भनिन्छ।

हाइपोथाइरोइज्म भएमा शरिरमा आलस्यपन, वजन बढ्ने, मूड डिसअर्डर, महिनावारी गढबढ हुने, शरीरमा शक्ति नभएजस्तो, थाकेजस्तो हुने, छाला सुख्खा हुने, बढी निद्रा लाग्ने, मांसपेशी तथा हातखुट्टा दुख्ने, स्मरण शक्तिमा कमी आउने गलगाँड तथा घाँटीमा अप्ठ्यारो महसुस हुने जस्ता विभिन्न लक्षणहरु देखापर्छन्।

हाइपरथाइरोइज्म

थाइराइड ग्रन्थिले टि थ्रि र टि फोर हर्मोन बढि उत्पादन गर्नाले पिट्ट्युटरि ग्रन्थिले टीसीएच हर्मोन कम मात्रामा उत्पादन गर्छ, जसलार्इ हाइपरथाइरोइज्म भनिन्छ ।

हाइपरथाइरोइज्म भएमा मुटु ढुकढुक गर्ने, हात काँप्ने, पसिना खलखली आउने, वजन घट्ने, थकान महसुस हुने, शरीर गल्ने, हातखुट्टा दुख्ने, गर्भ नबस्ने, तुहिएर जाने कसैकसैमा आँखा अलि अगाडि बढ्ने आदि समस्या देखिन्छ।

कसरि हुन्छ थाइराइड ?

यो एक किसिमको अटो इम्युन रोग हो । शरिरको रोग प्रतिरक्षात्मक शक्ति ले आफै शरिरको अङ्ग पहिचान गर्न नसकि आफ्नै अङ्ग बिरुद्ध लडेर लाग्ने रोग हो । थाइराइड ग्रन्थीको भाइरल इन्फेक्सनले हुन्छ ।

केही औषधिहरु (जस्तै डिप्रेसन र मुटुका बिरामिले सेवन गर्ने औषधि) ले गर्दा पनि थाइराडको गडबडी हुनसक्छ ।

कतिपयमा वशाणुगत गुणले गर्दानि थाइराइड हुने गर्दछ।

कहिले काहि पिट्युटरी ग्रन्थीमा समस्या आउँदा , टीसीएच हर्मोनको उत्पादन गर्न नसक्दा वा बढी गर्दा, थाइराइइड ग्रन्थीले हर्मोन उत्पादन गर्न गडबड हुन गइ थाइराइड समस्या आउन सक्छ।

थाइराइड ग्रन्थीको क्यान्सर भएर पनि हाइपोथाइरोइज्म देखिन सक्छ तर थाइराइडको क्यान्सर निको पार्न सकिने क्यान्सर हो।

थाइराइडको समस्या देखिएमा के गर्ने ?

आफूलार्इ थाइरोइड सम्बन्धि समस्या आएको महसुस हुने बित्तिकै चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नु पर्दछ।

प्रयोगशालामा थाइराइड फङ्सन टेष्ट गरेर थाइराइड समस्याको पहिचान गर्न सकिन्छ।

आयोडिन र भिटमिन ए को सेवन बढाउनु पर्दछ। सामुन्द्रिक खानेकुराहरु, माछा, हरियो सागसब्जीहरु, दूधजन्य पदार्थ, अण्डा, फलफुल आदिको सेवन गर्नुपर्छ।

गोट्रोजेन्स को मात्रा बढी हुने तरकारीहरु ९जस्तै बन्दा, काउली, ब्रोकाउली० आदिबाट बनेका काँचो परिकार सेवन गर्नु हुदैन तर राम्ररी पकाएर भने खान सकिन्छ।

चिकित्सकको सल्लाहमा नियमित औषधि सेवन गर्दा थाइरोइड निको हुन्छ।

मेडिकल माइक्रोबायोलोजिस्ट अर्याल फर्माको लिमिटेडका कालिटी कन्ट्रोल अफिसर हुन् ।  यो सामग्री स्वास्थ्य खबर पत्रिकाबाट लिएका हौं ।

कमेन्ट गर्नुहोस्