धनगढीको मुख्य बजारमै गोली प्रहार, ९ लाख लुटियो

सांकेतिक तस्विर

१३ जेठ, धनगढी । कैलालीको धनगढी उपहानगरपालिका–१ मुख्य बजारमा एक स्थानीयमाथि गोली प्रहार भएको छ ।

आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी ३ का ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको हो ।

गोली प्रहारमा संग्लन व्यक्तिले कार्किको साथबाट बैकमा जम्मा गर्न ल्याएको नौ लाख रुपैया पनि लुटेर भागेका छन् ।

घाइते कार्कीको धनगढी स्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

गोली हान्ने व्यक्तिको खोजी भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्