ट्रंपको यु-टर्न, उत्तर कोरियासँग वार्ताको सम्भावना कायमै

काठमाडौँ, जेठ १३ । उत्तर कोरिया र अमेरिकाबीच १२ जुनमा सिंगापुरमा हुने भनिएको वार्ता रद्द भइसकेको छ ।

ट्रंपले  बिहिबार मात्रै उत्तर कोरियाली नेता किम जोङ-उनलाई पत्र लेख्दै वातावरण शत्रुतापूर्ण रहेकाले उक्त वार्ता हुन नसक्ने जानकारी दिएका थिए ।

उता शुक्रवार फेरि एउटा ट्विटमार्फत राष्ट्रपति ट्रंपले उक्त वार्ता हुने र निर्धारित मितिमै हुने संकेत दिएका छन् ।

न्युयोर्क टाइम्सले उक्त वार्ता भए पनि आवश्यक तयारीहरू गर्न पर्याप्त समय नरहेकाले १२ जुनमै हुन नसक्ने आशयको समाचारमा प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रंपले उक्त पत्रिकालाई उचित स्रोतहरूको प्रयोग गरेर सहि समाचार प्रकाशित गर्न सलाह दिएका छन् ।

उता उत्तर कोरियाली सरकारी मिडियामा पनि किम जोङ-उन अमेरिकी राष्ट्रपतिसँग भेट्न संकल्पवद्ध रहेको समाचार प्रकाशित गरेको छ ।

शनिवार ट्रंपले उक्त भेटवार्ताको समय र स्थानमा कुनै फेरबदल नभएको प्रतिक्रिया दिएका थिए ।

उत्तर कोरियाली समाचार एजेंसी ‘केसीएनए’का अनुसार उत्तर कोरिया र दक्षिण कोरियाका नेताहरू आपसी भेटघाटको सिलसिला जारी राख्ने छन् ।

यसै क्रममा दुवै कोरियाका नेताहरूले शनिवार पुन्मुन्जोनमा भेट गरिसकेका छन् ।

 

कमेन्ट गर्नुहोस्