ह्वात्तै घट्यो सुनको मूल्य !

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य दश रुपैयाँले घटेको छ ।

शुक्रबार चाँदी प्रतितोला ७८० रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला चाँदीको मूल्य ७७० रुपैयाँमा कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्