१२ बजेको अपडेटः नेप्से परिसूचक ०.७८ प्रतिशतले घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सुरु भएको नेप्से कारोबार भएको पहिलो एक घण्टाको अवधिमा शून्य दशमलव ७८ प्रतिशत घटेको छ । कारोबार भएदेखि घटेको बजार यस समयमा १० दशमलव २५ अङ्क घटेर १ हजार ३ सय ७ दशमलव ९७ विन्दुमा पुगेको छ ।

कारोबार भएका नौ समुहको परिसुचकमा ‘अन्य’ समूहको परिसूचक बढेको छ भने बाँकी समूहको समूहको परिसूचक घटेपछि नेप्से परिसुचक घट्न पुगेको हो । कारोबार भएको १ सय कम्पनीको रू। ३ करोड ७४ लाख बराबरको शेयर कारोबार भएको छ । नेपाल बैङकको प्रतिकित्ता रू। ३ सय २७ मा रू. ३९ लाख बराबरको शेयर कारोबार भएको छ । आर्थिकअभियानबाट

कमेन्ट गर्नुहोस्