गोली हानेर ९ लाख रुपैयाँ लुट्ने दुईजना पक्राउ

कैलाली, जेठ १३ । धनगढीमा आइतबार विहान निर्मल कार्कीमाथि गोली प्रहार गरी ९ लाख रुपैयाँ लुटेर भागेका दुईजनालाई प्रहरीले अत्तरियाबाट पक्राउ गरेको हो ।

लु ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले धनगढीको सब्जीमण्डीमा कार्कीमाथि गोली प्रहार गरी बैंकबाट रकम झिकेर कार्यालय जादैं गरेको समयमा उनीहरुले रकम लुटेर भागेका थिए ।

कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेका अनुसार लुटपाट गरेर भागेका उनीहरु पक्राउ परेका हुन् ।

गोली लागी घाइते भएका कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्