Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राज्यमन्त्री चौधरीको निर्देशनपछि विज्ञ टोली उखुबारीमा

काठमाडौं, जेठ १३ । सुनसरीका किसानले लगाएको उखुबालीमा रोग र किराको प्रकोप बढेको गुनासो आएपछि कृषि, भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीको निर्देशनमा विज्ञ टोली उखुबारीमा पुगेका छन् ।

राष्ट्रिय उखु बालीका संयोजक रामकृष्ण रजकको नेतृत्वमा उखु बाली निरीक्षण गर्न सुनसरीमा खटिएको हो । उखु बालिमा विभिन्न रोग किराको प्रकोप बढेपछि किसानहरु चिन्तित भएको समाचार आए पछि कृषि, भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री चौधरीको ध्यानाकर्षण भएको र उहाँको निर्देशनमा उखु बालीमा रोग किरा लागेको विषयमा अध्यन र किसानलाई परामर्श दिनका लागी उखु बिज्ञको टोलि पुगेका छन ।

जिल्लाको किसानहरुले लगाएको उखु बालिमा रोग किरा देखा परे पछि किसान निरास भएकोले तेसलाइ मध्यनजर गरि बालिका विशेषज्ञ टोली पठाएको मन्त्री चौधरीका स्वकीय अधिकृत शैलेन्द्र राजधामीले जानकारी दिनु भयो ।

जिल्लाको हरिनगरा ,देवानगज ,चिमडि,अमाहिबेलाह,पुर्वकुशाहा ,दुहबी नगर र गाउपालिका लगायतको क्षेत्रमा लगाएको उखु बालिमा रोग किराको प्रकोप देखा परेको बिज्ञ टोलि संयोजक रामकृष्ण रजकले जनाएको छ ।

उचित उपचार र परामर्श दिनका लागि बिज्ञ टोली सुनसरीको बर्जु गाउँपालिका किसानको उखु बाली निरीक्षण गरेको टोलि संयोजकले बताउनु भयो । संयोजक रजकले किसानले लगाएको उखुमा ‘टफ बरल’ र ‘एलि सुटबडर’ किरा लागेको पाईएको छ ।

बालीमा रोग भन्दा बढी किरा देखा परेको छ । उपचार र विषादिको बारेमा किसानलाई सल्लाह दिइएको छ । किराको प्रकोप देखिएकाले सोही बारेमा सचेतनाको ब्रोसर र निराकरणको उपाय समेत बिज्ञ टोलिले सिकाइ रहेको छ ।

सुनसरी र मोरङका किसानहरु उखु बालिमा रोग किरा लागेकाले चिन्तित बनेको बेला परामर्श सल्लाह पाएकोमा किसानले राहतको महसुस गरेको किसान गजेन्द्र चौधरीले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: