करिनाको ड्रेसअप देखेर श्रीमान् सैफअली अाक्रोशित

मुम्बई । बलिउडकी चर्चित अभिनेत्री करिना कपूर अहिले नयाँ चलचित्र ‘वीरे द वेडिङ’ को प्रमोशनका लागि व्यस्त छन् । चलचित्र प्रमोशनमा अभिनेत्री करिना स्टाइलिस र बोल्ड आउटफिट्स ड्रेसमा कार्यक्रमहरुमा देखिएकी छन् ।

चलचित्र प्रमोशनको दौरानमा करिनाको लुक्स देखेर उनका फ्यानहरु क्रेजी भएका छन् । तर, उनका श्रीमान सैफ अली खानले भने करिनाको ड्रेस र लुक्सलाई मन पराइरहेका छैनन् ।

यतिमात्र नभएर सैफअली निकै आक्रोशित बन्दै भने, ‘ तिमी जाऊ अर्को ड्रेस चेञ्ज गरेर आऊ ।’ श्रीमानले आफूमाथि गरेको यस्तो व्यवहारको करिनाले एक अन्तर्वार्ताका क्रममा बताएकी हुन ।

करिनाको ड्रेस श्रीमान सैफअलीलाई मन परेन

केही दिनपहिले करिना कपुर ‘वीरे द वेडिङ’ को गीत सार्वजनिक कार्यक्रममा पुगेकी थिइन् । जहाँ करिना कालो रङको हट र ग्लैमरस ड्रेस लगाएकी थिइन् ।

करिनाले हालै एक अन्तर्वार्तामा बताएकी थिइनकी उक्त कार्यक्रम सकेर जब उनी घर पुगी तब सैफले उनलाई हेरेर भने, ‘तिमीले यो लगाएर बसेकी हँ, जाऊ कपडा चेन्ज गरेर आऊ ।’

त्यसको जवाफमा करिनाले सैफ अलीलाई कार्यक्रमको फोटो देखाएर भनिन् ‘यो कति राम्रो ड्रेस है।’

निर्देशक शंशाक घोषका चलचित्र ‘वीरे ददी वेडिङ’ १ जूनमा रिलिज हुँदै छ । चलचित्रमा करिना कपुरसँगै सोनम कपुर, स्वरा भाष्कर, शिखा तलसानियाली मूख्यभूमिकमा देखिने छन् ।

पछिल्लो समय चलचित्रका मूख्य कलाकार फिल्मकोप्रमोशनमा व्यस्त छन् । भास्कर डटकमबाट

कमेन्ट गर्नुहोस्