कारोबार भएको ३ घण्टामा नेप्से १ प्रतिशतले घट्यो

काठमाडौं । साताको पहिलो दिन सुरु भएको कारोबारमा तेस्रो घण्टामा नेप्से परिसूचक १ प्रतिशतले घटेको छ । कारोबार शुरु भएदेखि घटेको बजार यस समयमा १३ दशमलव २८ अङ्कले घटेर १ हजार ३ सय ४ दशमलव ९४ विन्दुमा पुगेको छ ।

कारोबार भएका १ सय ५० कम्पनीको रू.२० करोड ५६ लाख बराबरको शेयर कारोबार भएको हो ।

कारोबार भएका १० समूहको परिसूचकमा व्यापार समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घटेपछि सम्रग नेप्से परिसूचक घट्न पुगेको छ । आर्थिकअभियानबाट

कमेन्ट गर्नुहोस्