नेकपाले २ नं प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो, अब सरकार ढल्छ ?

धनुषा, जेठ १३ । नेपाल कम्युनिष्ट पार्टीले २ नम्बर प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । २ नं प्रदेशमा राजपाको समर्थनमा संघीय समाजवादी फोरमका लालबाबु राउत मुख्यमन्त्री छन् ।

दुवै पार्टीले समर्थन फिर्ता लिएको छ । प्रदेश सरकारले आफुहरुको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै नेकपाले समर्थन फिर्ता लिएको हो ।

आइतबार बसेको प्रदेशसभाको दोश्रो अधिवेशनको पहिलो बैठकमा तत्कालिन एमालेको संसदीय दलका नेता सत्यनारायण मण्डल र तत्कालिन माओवादी केन्द्रका संसदीय दलका नेता रामचन्द्र मण्डलले एक सय दिनमा सरकारले सोचेजस्तो काम नगरेकाले समर्थन फिर्ता लिएको बताउनुभएको हो ।

केही समयअघि अध्यक्ष प्रचण्डले अब सातवटै प्रदेशमा वामसरकार बन्ने बताएका थिए ।

कमेन्ट गर्नुहोस्