सिजीको एलईडी टिभी उपहारस्वरुप हस्तान्तरण

काठमाडौं । नयाँवर्ष २०७५ सालको अगमनसँगै सिजीले आफ्ना समस्त ग्राहक महानुभावहरु माझ विभिन्न किसिमका आकर्षक एवं उपयोगी योजना बजारमा ल्याएको थियो ।

उक्त योजनालाई विस्तार गर्ने क्रममा सिजीले आफ्नो अफिसियल फेसबुक पेजअन्तर्गत एक नयाँ तथा रोचक क्याम्पियन सञ्चालन गरिएको थियो । उक्त क्याम्पियन बैशाख महिनाभरि सञ्चालनमा रहेको थियो ।

लगभग १३५ जनाभन्दा माथिको मानिसहरुले सहभागिता जनाएका थिए । यसैक्रममा सिजीले आफ्ना धेरैभन्दा धेरै घरायसी सामाग्रीहरु पनि बिक्री वितरण गरेको थियो । उक्त क्याम्पियनमा सिजीले सबैभन्दा धेरै लाइक्स जम्मा गर्नेलाई ३२ इञ्चको एल.इ.डि. टि.भी पुरस्कार दिने योजना बनाएको थियो ।

जसअन्तर्गत सबैभन्दा धेरै लाईक्स ल्याएर विजयी हुने धरानकी सुश्री सृजना शाक्यलाई सिजीको युनाइटेड वर्ड ट्रेड सेन्टरमा रहेको आफ्नै ब्राण्ड शोरुममा एक कार्यक्रम आयोजना गरी आइतबार सिजीका ब्राण्ड म्यानेजर दिवाकर नगरकोटीले टि.भी प्रदान गर्नुभयो ।

सोही पुरस्कार वितरण कार्यक्रममा उहाँले नजिकिँदो विश्वकप फुटबलमा पनि अझै योभन्दा पनि राम्रो नयाँ कार्यक्रम गर्ने र सम्पूर्ण महानुभावलाई सहभागिता हुनको लागि आग्रह गर्दै कार्यक्रम समापन गर्नुभयो ।

कमेन्ट गर्नुहोस्