युवा क्रिकेटर सन्दीप पोखरामा एक लाख नगदसहित सम्मानित

पोखरा, जेठ १३ । युवा क्रिकेटर सन्दीप लामिछानेलाई पोखरामा नगदसहित सम्मान गरिएको छ ।

इन्डियन प्रिमियर लिग (आइपीएल) मा उत्कृष्ट प्रर्दशन गरेर चर्चा रहेका सन्दीपलाई पोखरामा सम्मान गरिएको छ ।

प्रदेश ४ की सामाजिक बिकास मन्त्री नरदेवी पुन र प्रतिभा उच्च मावि र अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेलले लामिछालाई सम्मान गरेका हुन् ।

प्रतिभा उच्च मावी र अटोवेज प्रालि पोखराले आज संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी नगद १ लाख र सम्मान पत्र सहित सम्मान गरेको छ ।

सन्दीपले क्रिकेटमा गरेको प्रर्दशनलाई हौषला बढाउनका सम्मान गरिएको अध्यक्ष पौडेलले बताए ।

कमेन्ट गर्नुहोस्