शहीद कृष्ण सेन सबैका लागि प्रेरणा : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले महान साहित्यार एवं परिवर्तनका सम्बाहक पत्रकार कृष्ण सेन इच्छुक सबैका प्रेरणाका स्रोत भएको बताएका छन् ।

आइतबार बागबजारको हार्दिक होटल प्रेस सेन्टर नेपाल र प्रेस चोतारीले संयक्त रुपमा आयोजना गरेको महान् सहिद कृष्ण सेन इच्छुकको १६ अौं स्मृति दिवसका अवसरमा आयोजित कम्युनिष्ट आन्दोलनमा नेतृत्व विकासको प्रश्न विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सहिद कृष्ण सेन सबैका लागि प्रेरणा भएको बताए।

याे पनि पढ्नुस  ‘इन्डो–प्यासिफिक रणनीति’ मा प्रचण्डकाे असहमति !

उनले भने ‘म उँहालाई हृदय देखिनै सम्मान गर्न चाहन्छु ।’

माओवादीले सञ्चालन गरेको १० वर्षे ‘जनयुद्धका’ क्रममा २०५८ सालमा कृष्ण सेनलाई प्रहरीले पक्राउ गरी चरम यातना दिएर हत्या गरको बताइन्छ ।

कमेन्ट गर्नुहोस्