Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रहरीका उच्च अधिकारी र ठूला नेताको सेटिङमा सुन तस्करी : गोरे

विराटनगर, जेठ १३ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य आरोपी गोरे भनिने चुडामणि उप्रेतीले सुुन तस्करीमा आफ्नो संलग्नता भएको तर आफु नाइके नभएको दाबी गरेका छन् ।

गएको आइतबार राजधानीबाट पक्राउ गरिए सुन तर्स्कीका प्रमुख आरोपी गोरेसँगको थुनछेक बयान आज सकिएको छ । र अहिले जिल्ला अदालत मोरङमा दिएको ३७ पृष्ठ लामो बयानमा उनले सुन तस्करीबारे धेरै कुराको खुलासा गरेका छन् ।

गोरेका अनुसार तस्करीको सुन भारतमा जान्थ्यो र लगानीकर्ता पनि भारतीय नै हुन् । धरानका सुन व्यापारी सुनिलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतले पनि सुनमा लगानी गरेको र नेपालमा तस्करीको धन्दा चलाउने छिरिङ वालेङ घले भएको उनको बयान छ ।

आफूले भरियाहरुको सेटिङ मिलाउने गरेको भन्दै गोरेले भने, ‘म छिरिङकै लाइनमा बसेर सुन ओसार पसारको कारोबार गर्ने सामान्य मानिस मात्र हुँ ।’

छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान छ । ‘सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मासिसको मिलेमतोमा हुने गर्छ । कोको संलग्न छन् यकिन भन्न सक्दिनँ ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: