गोरे जेल चलान

मोरङ, जेठ १३ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका प्रमुख अभियुक्त भनएका गोरे भनिने चूडामणि उप्रेती जेल चलान भएका छन्। जिल्ला अदालत मोरङले उनलाई कारागार चलानको आदेश दिएको हो।

न्यायधीश नारायणप्रसाद शर्माको एकल इजलाशले चार दिनको बयान र थुनछेक बहसपछि आइतबार अपरान्ह जेल चलानको आदेश सुनाएको हो।

सो प्रकरणमा पक्राउ परेका २८ जना यसअघि नै जेल चलान भइसकेका छन्। भने दुई जनालाई तरिकमा छोडिएको छ ।

गोरलाई गत मंगलबार प्रहरीले काठमाडौंको गौरीघाटमा पक्राउ गरेको थियो। मोरङ जिल्ला अदालतमा उनीसहित ६३ जनाविरुद्ध त्यसअघि ने मद्दा दर्ता भएकाले प्रहरीले सोही दिन विराटनगर लगेको थियो ।

 

कमेन्ट गर्नुहोस्