७ दिनभित्र यातायात ब्यवस्थित गर्न मुख्यमन्त्री भट्टको निर्देशन

धनगढी, जेठ १३ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हेलो सिएम कार्यक्रम शुरु गरेपछि यातायात ब्यवस्थापनबारे सर्बसाधारणहरुको जनगुनासो बढेको छ ।

प्रदेश नं.७ का प्रमुख शहरहरुमा अब्यवस्थित रहेको यातायात ब्यवस्थापन गरिनु पर्ने जनगुनासो बढेपछि आइतबार मुख्यमन्त्री भट्टले आफ्नै कार्यकक्षमा जनगुनासोका बारेमा आबश्यक छलफल गर्नु भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराको सहभागितामा मुख्यमन्त्री भट्ट र कैलालीका प्रजिअ,यातायात सम्बद्ध निकायका प्रमुखहरुबीच यातायात ब्यवस्थापनका बारेमा छलफल भएको हो । छलफलपछि मुख्यमन्त्री भट्टले सात दिनभित्र यातायात ब्यवस्था चुस्त पार्न यातायात सम्बद्ध निकायका प्रमुखहरुलाई कडा निर्देशन दिनु भएको छ ।

छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब,कैलालीका प्रजिअ,यातायात ब्यवस्था कार्यालयका प्रतिनिधि,क्षेत्रिय ट्र«ाफिक प्रहरी प्रमुख, धनगढी उपमहानगरपालिका प्रतिनिधिहरुको सहभागिता थिय ।

यस्तै, राजनिती अस्थिरताका कारण मानव अधिकार उलंघनका घटना बृधि भएको भन्दै अव स्थिर सरकार बनि सकेकोले यस्ता घटना कम हुदै जाने बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोगको १८ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै उहाँले मावन अधिकार रक्षाका लागि सबैले एकजुट भयर लाग्नु पर्ने औल्याउनु भयो ।

मानव अधिकार उलंघनका घटना केही नियत वश हुने गरेको भयपनि यस्ता केही घटना अधिकार प्राप्तिका क्रममा पनि हुने गरेको जीकिर गर्नुयो । मानव अधिकार आयोगले दियका सुझाव कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिवध्द्ध रहेको मुख्यमन्त्री भट्टले प्रतिवध्द्धता जानाउनु भयो ।

मूख्यमन्त्री भट्टले सामाजिक चेतना विकासका लागि स्थानिय जनप्रतिनिधिको नेतृत्वमा जन अभियान संचालन गर्ने तयारीमा प्रदेश सरकार लागि परेको समेत बताउनु भयो ।

कमेन्ट गर्नुहोस्