Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अाइपीएल उपाधि भिड्न्त: हैदरावादलाई पहिलो झट्का, ओपनर गोस्वामी आउट

काठमाडौं, जेठ १३ । आइपीएल क्रिकेटको उपाधिका लागि सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिंग्सको खेल शुरु भएको छ ।

मुम्बइको वाङखडे रंगशालामा चेन्नईले टस जितेर फिल्डिङ रोजेको खेलमा हैदरावादको पहिलो विकेट पतन भएको छ ।

हैदरावादका ओपनिङ व्याट्सम्यान श्रीभट्स गोस्वामी रन आउट भएका छन् ।

ताजा अवस्थामा पाँच ओभरको खेलमा एक विकेटको क्षतिमा हैदरावादले ३० रन बनाएर खेलिरहेको छ । अहिले क्रिजमा शिखर धवन र काने विलियसन् छन् ।

चेन्नई पहिलो प्लेअफमा हैदरावादलाई नै हराउँदै फाइनलमा प्रवेश गरेको हो भने हैदराबाद क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १३ रनले हराउँदै फाइनल पुगेको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: