नेकपाको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रम मात्रै : गगन

संखुवासभा, जेठ १३ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सपना देख्नु भ्रममात्रै भएको बताएका छन् ।

थापाले आगामी पाँच वर्षसम्म अहिलेको सरकारको गतिविधि हेरेर सहयोग गर्ने बताए ।

नेपाल तरुण दलद्वारा आइतबार संखुवासमा आयोजित तरुण भेलालाई सम्बोधन गर्दै उहाँले सरकारको पाँचवर्षे गतिविधि हेर्ने बताए ।

काँग्रेसले राजनीति जितेको भएपनि चुनाव हारेको भन्दै पुरानो ढर्रा र सोचबाट पार्टी अगाडि बढ्न नसक्ने बताए ।

भेलालाई सम्बोधन गर्दै नेता प्रदीप पौडेलले लोकतन्त्रको पहरेदारी गर्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्ने बताए ।

कमेन्ट गर्नुहोस्