तेस्रो पटक चेन्नइ आइपीएल च्याम्पियन, वाट्सनले बनाए नट आउट ११७ रन

काठमाडौं । चेन्नई सुपरकिंग्सले तेस्रो पटक इण्डियन प्रिमियर लिग ९आईपीएलको उपाधि जीतेको छ ।

मुम्बइको वानखेड़े स्टेडियममा हिजो साँझ भएको फाइनल खेलमा सनराइजर्स हैदराबादलाई हराउदै चेन्नइले तेस्रो पटक उपाधि जितेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले पूरा ओभरमा ६ किकेटको क्षतीमा १७८ रन बनाएको थियो ।

उसका लागि कप्तान केन विलीएम्सनले ४७, युसुफ पठानले नट आउट ४५, शाकिवअल हसनले २३, शिखर धवनले २६ कार्लोस ब्रैथवेटले २१, श्रीवत्स गोस्वामी ५ र दिपक हुडाले ३ रन बनाएका थिए । मध्यम स्कोरमा रोक्न चेन्नइका ब्राबो, जडेजा, शर्मा, ठाकुर र एन्गीडीले समान एकएक विकेट लिए ।

१७९ रनको मध्यम लक्ष्य पाएको चेन्नइले नौ बल बाकि छदै जित हासिल गर्यो ।

जितका हिरो अष्ट्रेलियाका खेलाडी शेन वाट्सन बने । उनले यो संस्करणमा दोस्रो पटक शतक बनाए ।

हिजो भएको फाइनलमा उनले नटआउट ११७ रन बनाउदै आफ्नो टिमलाई सहजै जित दिलाए । विष्फोटक व्याटिङ वाटसनले मात्र ५७ बलमा ८ छक्का र ११ चौकाको मद्दतमा १ सय १७ रन बनाएका हुन् ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् । उनी आइपीएलको फाइनल प्रतियोगितामा लक्ष्य पाएर शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।

यस्तै, टिमका लागि सुरेश रैना ३२, अम्बाती रायडू नट आउट १६ र फाप डुप्लेसिसले १० को योगदान गरे ।
फाइनल अघि हैदरावादले बलिङका कारण सबै टिममाथि हावी देखिन्थ्यो ।

उसले चार पटक १५१ रनभन्दा कमको स्कोरमा पनि जित दर्ता गरेको थियो । तर, फाइनलमा भने उसका बलर पूरै पm्लप रहे । हैदरावादका सबैभन्दा आशा गरिएका रशिद खानलेसमेत एउटा पनि विकेट लिन सकेनन् ।

यसकारण पनि यो पटकको आइपीएल उपाधि चेन्नइले सजिलै जित्यो । हैदरावादका लागि संदिप शर्माले चार ओभरमा ५२ रन दिदै मात्र एक विकेट लिए, कार्लोस ब्रैथवेटले २७ रन दिएर एक विकेट झारे ।

चेन्नइ यस आइपीएलको सबैभन्दा बढि उमेर भएका खेलाडीले भरिपूर्ण टिम हो ।

उसका खेलाडीको औसत उमेर ३४ साल छ । जबकि अन्य टिमका खेलाडीको औसत उमेर २६ र २८ को बीच छ । चेन्नइले यसअघि २०१० र २०११ मा उपाधि जितेको थियो ।

कमेन्ट गर्नुहोस्