२७ पृष्ठ लामो बयानमा गोरेले यस्तो भने-

मोरङ, जेठ १४ ।  गोरेले अदालतमा दिएको २७ पृष्ठ लामो बयानमा भारतीय ब्यापारीले झिकाएको सुन सम्बन्धित स्थानसम्म पुर्याउने भरियाको निगरानीको काम गर्दै आएको बताएका छन् ।

उनले दुबईबाट कसले सुन पठाउँथे भन्ने पनि आफूलाई थाहा नभएको दावी गरेका छन ।

दुबईबाट भारतीय ब्यापारीले मगाएको सुन हराएपछि सुन मालिकले बारम्बार ताकेता गर्न थालेको र आफैमाथि सुन चोरेको अरोप लगाउन थालको बताउँदै गोरेले विभिन्न ब्यक्तिसँग सुन चोरीका विषयमा अनुसन्धान
थालेको बयान दिएका छन् ।

सनम शाक्यलाई कुटपिट गरी करेन्ट लगाएर हत्या गरेको घटनामा पनि आफू संलग्न नभएको गारेको दावी छ ।

गारेले सनमलाई गाडीमा आराम गर्न राखेका बेले टेकबहादुर मल्लले करेन्ट लगाएर मारेको आरोप लगाएका छन् । नागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्