उपत्यकामै रगत अभाव

काठमाडौं, जेठ १४ । काठमाडौं उपत्यकामा रगत अभाव भएको छ ।

मागको तुलनामा अत्यन्तै न्यून परिमाणमा रगत संकलन हुँदा अत्यावश्यक बिरामीका लागि उपलब्ध गराउन कठिन भइरहेको नेपाल रेडक्रस रक्तसञ्चार केन्द्रले जनाएको छ ।

सामान्यतः दसै तिहारजस्ता चाडमा लगातार धेरै दिन विदा हुँदा केन्द्रमा रगत अभाव हुन्थ्यो। पछिल्ला दिनमा भने सधैजसो अभाव हुन थालेको केन्द्रका अधिकारी बताउँछन् ।

ठूला अस्पताल खुल्नु र ती अस्पतालमा विभिन्न खालका शल्यक्रिया सेवा सुरु भएसँगै रगतको माग ह्वात्तै बढेको छ । नागरिक दैनिकमा यो खबर छ ।

कमेन्ट गर्नुहोस्