नक्कली कागजात देखाई मिर्गौला प्रत्यारोपण

जेठ १४ । मानसिक रुपमा अस्वस्थ बनेपा नगरपालिका–२, गिरीगाउँका २९ वर्षीय कुमार गिरीको मिर्गौला झुक्याएर निकालिएको छ ।

नक्कली कागजातका आधारमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रममा गीरीको मिर्गौला झिकेर अर्कैलाई पत्यारोपण गरिएको उनका आफन्तले बताएका छन् ।

कान्तिपुर दैनिकका अनुसार विराटनगर उपमहानगरपालिका १, मोरङ घर भई भक्तपुर नगरपालिका १ सल्लाघारी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेले गिरीलाई आफ्नै छोरा भनी नाता प्रमाणीकरणको नक्कली कागजात देखाई मिर्गौला निकालेर आफूमा प्रत्यारोपण गराएका हुन् ।

कमेन्ट गर्नुहोस्