बर्ड फ्लु भित्रीन नदिन काभ्रेमा उच्च सतर्कता

बनेपा, जेठ १४ । चितवनका केही फार्मका कुखुरा र काठमाडौंका हाँसमा बर्ड फ्लुको संक्रमण देखा पारेपछि काभ्रे जिल्लामा उच्च सतर्कता अपनाइने भएको छ ।

जिल्लास्तरिय बर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समिति (डाइटेक)को आइतबारको बैठकले यस्तो निर्णय गरेको हो।

काभ्रे हुँदै कुखुरा र अण्डाको ओसारपसार भइरहेकाले रोग भित्रन नदिनका लागि यस्तो निर्णय गरिएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा। नारायण श्रेष्ठले जानकारी दिए ।

‘काभ्रेको बाटो हुँदै पूर्वी तराईका कुखुरा र अण्डा काठमाडौं उपत्यकासम्म ओसारपसार हुने गरेको छ ।

त्यस्तै, चितवनबाट काठमाडौं हुँदै अण्डा र कुखुरा काभ्रेसम्म आउने गरेकाले रोग सहजै नभित्रियोस भनेर सतर्कता अपनाउन सरोकारवालालाई अनुरोध गरेका छौं,’ उनले थपे । नागरिक दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस्