बालिका बलात्कार गर्नेलाई सात वर्ष कैद

तेह्रथुम, जेठ १४ । १५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, साविक हमरजुङ भई घर भएका सार्कीलाई जबर्जस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैदसहित ९० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो ।

उनलाई आफ्नै घरमा बस्ने नातेदार १५ वर्षिया बालिकालाई पटकपटक बलात्कार गरेको भन्ने उजुरीका आधारमा गत वर्ष जेठमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो ।

अदालतले सार्कीलाई जबर्जस्ती करणी अपराधमा छ वर्ष कैद र हाडनाता करणीमा थप एक वर्ष कैद गरी जम्मा सात वर्ष कैद र ९० हजार क्षतिपूर्ति तोकेको अदालतका सूचना अधिकारी गोपाल खनालले जानकारी दिनुभयो । रासस

कमेन्ट गर्नुहोस्