ढुंगेलको विषयमा सरकारले आज सर्वोच्चलाई के जवाफ दिन्छ होला ?

काठमाडौं, जेठ १४ । सरकारले बालकृष्ण ढुंगेललाई आम माफी दिने तयारी गरे नगरेकोबारे आज सर्वोच्च अदालतलाई जवाफ दिँदैछ ।

सर्वोच्च अदालतले व्यक्ति हत्याको अभियोग पुष्टि गर्दै जन्मकैद तोकका ढुँगेलको चालचलन असल रहेको भन्दै थुनामुक्त गराउने तयारी गरे नगरेकोबारे २४ घण्टामा जवाफ दिन गएको शुक्रबार सरकारलाई निर्देशन दिएको हो ।

सरकारले हिजै जवाफ पेश गर्ने तयारी गरे पनि पालो नआएकाले आज जवाफ पेश गर्न लागेको हो ।

आज दुवै पक्षको सुनुवाई गराउने तयारी रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।

कारागार विभागले गणतन्त्र दिवसका दिन कैद मिनाहा गर्ने कैदीको नामको सूचिमा ढुंगेलको नाम पनि सिफारिस गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको हो ।

दुवै पक्षको बहस सुनेपछि आजै सर्वोच्चले यसबारेमा निर्णय सुनाउनेछ । सर्वोच्चले आज निर्णय नगरे सरकारले भोली गणतन्त्र दिवसका दिन ढुंगेललाई माफी दिन अवरोध हुने छैन ।

कमेन्ट गर्नुहोस्