चना खादाका फाइदा यस्ता छन्

हामीले खानेकुरामा विशेष ध्यान दिनुपर्छ । के खादा शरिरलाई फाइदा हुन्छ यसबारे आफू सदैब सचेत रहनुपर्छ । आफ्नो स्वास्थ्यको अवस्था स्वस्थ राख्न सबैभन्दा बढि ध्यान दिनुपर्ने भनेकै खानपानमा हो । अहिले अधिकांश नेपाली खान नपाएर भन्दा पनि खान नजानेर मृत्युको बाटो रोजिरहेका छन् । हामीले आफ्नै नजिकका पोषक तत्व पाइने खानेकुरालाई वास्ता गरिरहेका छौं । कोही व्यक्ति ति महत्वपूर्ण खानेवस्तुलाई अन्जानमा भूलिरहेका छौं त कोही जानीजानी । आज हामीले मुलुकका विभिन्न क्षेत्रमा सहजै पाइने चनाका फाइदा प्रस्तुत गरेका छौंः

१-चनामा प्रशस्त मात्रामा पोषक तत्व पाइनुका साथै यसमा भरपुर मात्रामा आइरन, सोडियम तथा सेलेनियम पाउन सकिन्छ ।

२-चानालाई तरकारीको रुपमा पनि उपयोगमा ल्याउन सकिन्छ । अंकुरित चनामा भिटामिन बी कम्लेक्स हुन्छ जसबाट शरीरलाई उर्जा प्राप्त हुन्छ ।

३-चनामा प्रशस्त मात्रामा प्रोटिन पाइने हुनाले यसको नियमित सेवनले शररिमा शक्ति प्रदान गर्छ ।

४-चनाको नियमित सेवन गर्नाले शरीरमा पाचन शक्तिलाई क्रियाशील बनाउन मद्दत गर्छ ।

५-चनामा भरपुर मात्रामा आइरन हुन्छ जसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढउनमा मद्दत गर्छ र शरीरलाई स्वस्थ र फूर्तिलो बनाउन मद्दत गर्छ ।

कमेन्ट गर्नुहोस्