नेइमार भन्छन्-विश्वकप फुटबलसम्ममा पूर्ण तयार हुन्छु

ब्राजिलका स्टार स्ट्राइकर नेइमारले आफू विश्वकप फुटबलका लागि पूर्ण रुपले तयार रहेको बताएका छन् ।

नेइमारले आइतबार विश्वकपका खेल्नका लागि रोक्ने कुनै चिज नरहेकोसमेत बताएका छन् ।

नेइमार गएको फेब्रुअरीमा अन्तिममा चोटग्रस्त भएयता खेलेका छैनन् ।

उनको खुट्टाको शल्यक्रिया भएपछि अहिले मैदानमा छिर्नका लागि तयार रहेको बताएका हुन् ।

अहिले पनि आफ्नो दायाँ खुट्टामा केही असजिलो रहेको तर विश्वकप फुटबलसम्ममा पूर्ण तयार हुने बताएका छन् ।

उनले एकहप्तादेखि ब्राजिलको टिमसँग प्रशिक्षण लिएपछि आफू तयार रहेको नेइमारले बताएका हुन् ।

उनले ब्राजिलियन पत्रकारसँग भने, ‘शारीरिक रुपमा म राम्रो भएको छु, खुट्टा पनि ठीक छ ।

केही कुरा मैले अहिले पनि प्रयास गरिरहेको छु । केही असजिलो छ तर विश्वकप सुरु हुने बेलासम्म ठीक हुनेछ ।’

उनले आफू अहिले पनि १०० प्रतिशत फिट नभएको स्वीकार गरे तर विश्वकप सुरु हुँदासम्म सबै ठीक हुने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्