आज पनि फेरि ह्वात्तै घट्यो सुनको मूल्य !

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने यथावत नै रहेको छ ।

आइतबार चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला चाँदीको मूल्य ७७० रुपैयाँै कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्