मन्त्री बीना मगरको पहलमा पहिलो पटक विश्व महिनावारी स्वच्छता दिवस मनाइदै

काठमाडौं, जेठ १४ । नेपालमा आज पहिलो पटक सरकारको आयोजनामा विश्व महिनावारी स्वच्छता दिवस भव्य कार्यक्रम गरी मनाइदै छ ।

खानेपानी तथा सरसफाई मन्त्री बीना मगरकाे पहलमा मन्त्रालयको आयोजनामा शिक्षा, महिला बालबालिका र स्वास्थ्य मन्त्रालयको सहआयोजनामा यसपालि पहिलो पटक ४ मन्त्रालयले् संयुक्त रुपमा यो दिवस मनाउन लागिएको हो ।

मे २८ का दिन, बिश्व महिनावारी स्वच्छता दिवस मनाइदैछ । यो वर्ष नेपालमा ‘अब अति भो, महिनावारीका सबै सिमा तोडौं’ भन्ने मूल नाराका साथ बिश्व महिनावारी स्वच्छता दिवस मनाइदैछ ।

सन २०१४ देखि नेपालमा बिभिन्न गैरसरकारी निकायको अगुवाईमा यो दिवस मनाइदै आइएको छ ।

राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा आयोजना गरिएको विशेष कार्यक्रमलाई संघीय संसदका सभामुख कृष्णबहादुर महराले अपरान्ह उद्घाटन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा खानेपानी, शिक्षा, स्वास्थ्य र महिला बालबालिकामन्त्रीले सम्बोधन गर्नेछन । कार्यक्रममा ६० भन्दा बढी सांसद, ४० भन्दा बढी संघसस्था, नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु लगायत ५ सय भन्दा बढी व्यक्तिको सहभागीता रहने आयोजकले बताएको छ ।

विशेष गरी अहिले पनि मध्य पश्चिम र सुदूर पश्चिमका पहाडी र हिमाली जिल्लाहरुमा महिलाहरु महिनावारी हुँदा नछुने प्रचलन कायमै रहेको छ । साथै खानेपानीका मुहान र धाराहरु महिलाहरुले महिनावारीका समयमा प्रयोग गर्नबाट बञ्चित गरिन्छ ।

कमेन्ट गर्नुहोस्