आँखा मारेर रातारात भाइरल भएकी प्रिया प्रकाश बेरोजगार

मुम्बई, कोच्ची । ‘भ्यालेन्टाइन डे’ का अवसरमा आफ्नो आँखा झिम्क्याउने स्वभावका कारणले गर्दा  रातारात फेमस भएकी प्रिया प्रकाश वारियरको भिडियो सामाजिक सञ्जालहरुमा निकै भाइरल हुन पुगेका थिए ।

प्रियाको पपुलारिटीको मध्यनजर गर्दै लाग्दछ कि उनको साथमा कामको कुनै कमी छैन ।

तर, वास्तवमा यसबाट निकै फरक देखिन आउँछ । शनिबार प्रिया प्रकाशले आफ्नो चलचित्र ‘ओरु अदार लव’ को स्टार रोशन अब्दुर रउफको साथमा एक फोटो शेयर गर्दै आफू स्वयंलाई बेरोजगार भएकी बताएकी छिन् ।

तस्विरमा प्रिया र रोशनले निकै राम्रो पोज दिइरहेका देख्न सकिन्छ । प्रियाको हातमा रातो गुलाफको फूल र फोटो ब्याकग्राउण्ड पनि रोमान्टिक देखिन्छन् । फोटोशुट गर्ने क्रममा प्रियाले पहेंला–सेतो रङको टप्समा देखिन्छिन् भने रोशन रातो रङको टिसर्ट–डेनिमको गेटअपमा देखिएका छन् ।

तस्विर शेयर गर्दा उनले लेखेकी छिन्– ‘जब तपाईं बेरोजगार भएर घुमिरहेका छन् तर, पनि कोही, सधैं तपाईंको साथमा पोज दिन र खिच्नका लागि तयार हुन्छन् ।’

इष्टाग्राममा ६० लाख फलोअर्स

प्रिया प्रकाश अब चाँडै नै बलिउड डेब्यू गर्ने भएकी छिन् । रणवीर सिंह र सारा अली खानको आउँदै गरेको नयाँ बलिएड चलचित्र ‘सिम्बा’ को लागि उनको नाम पनि अगाडि आएका छन् । तर, पक्कापक्की भने अझैसम्म हुन सकेको छैन । प्रियाको पपुलारिटीका कारण यसै कुराबाट लगाउन सकिन्छ कि इष्टाग्राममा उनको ६० लाख फलोअर्सहरु रहेका छन् । यस्तै एक प्रमोशनल पोष्टको लागि रु.८ लाख रिचार्ज गर्ने गर्दछिन् । यहीबीच उनीसँगको कुराकानीमा अाफूलार्इ बेरोजगार भएकी बताएकी थिइन् । यो कुरा भने बुझ्न अलि गाह्रो नै छ ।

बेरोजगार विद्यार्थी हुन् प्रिया प्रकाश !

केरलको त्रिशुल भन्ने ठाउँमा जन्मिएकी प्रिया अहिले यही विमला कलेजमा बीकम प्रथम वर्षकी विद्यार्थी हुन् । मलयालम मूभी ‘ओरु अदार लव’ मा पनि प्रियाले विद्यार्थीको भूमिका निभाएकी छन् ।

‘ओरु अदार लव’ को गीतमा ‘मनिक्या मलराया पुवी’को भिडियोमा उनको आँखाको इसाराले उनलाई संसारभरि नै निकै फेमस गराएका छन् ।

भाष्करडटकमबाट साभार

कमेन्ट गर्नुहोस्