Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गुण्डा, तस्कर र अपराधी विकास र समृद्धिका प्रमुख बाधक : गृहमन्त्री बादल

काठमाडौं, जेठ १४। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गुण्डा, तस्कर र अपराधी विकास र समृद्धिका प्रमुख बाधक रहेको बताए । साथै बलियो र स्थिर सरकार बनेपछि अब तिनीहरुको दिनगन्ती शुरु भएको पनि उनले दाबी गरे ।

सोमबार चन्द्रागिरि नगरपालिका २ लाई फ्री वाइफाइ वडा घोषणा गर्दै गृहमन्त्री बादलले देशमा अराजकता, दण्डहीनता, भ्रष्टाचार, लागूऔषध तस्करी, गुण्डागर्दी समाजका लागि विष भएको भन्दै यस्ता व्यक्तिहरुको सबै मिलेर दण्डीत गर्नु पर्ने बताए ।

सिण्डिकेट र आर्थिक अनियमितताको अन्त्य गरी सुशासन कायम नगरेसम्म विकास नहुने भन्दै गृहमन्त्री थापाले भ्रष्टाचार र अनियमितता गर्नेलाई नछोड्ने चेतावनी समेत दिए ।

‘आर्थिक क्रान्ति, सांस्कृतिक क्रान्ति गर्ने बेला आएको छ । दलाली तन्त्र र सिण्डिकेटलाई अन्त्य नगरेसम्म विकास सम्भव छैन,’ गृहमन्त्री बादलले भने,’ सरकार विकास गर्न प्रतिबद्धता गर्न तयार छ ।’

अर्को फरक प्रशंगमा मन्त्री थापाले काममा आलटाल गर्ने ठेकेदारलाई सरकारले कारबाही अघि बनाइसकेको भन्दै सरकार त्यतिकै नबस्ने बताए ।

साथै उनले अहिले चन्दा्रगिरिका मानिसलाई जागिर नदिने कथा बन्न लागेको बताउदै उनले भने, ‘ठेकेदारले समयमा कंलकी नागढुंगा सड्क निर्माण कार्य नगर्दा यहाँका नागरिकलाई कलंकी पुग्न २/३ घण्टा लाग्छ ।’

ठेक्का लिएर निर्माण कार्य समयमा नसक्ने ठेकेदारलाई पनि अब नछोडिने बताउँदै कलंकी नागढुंगा सडक छिट्टै बनाएर सक्नु पर्ने उनको भनाई थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: