गुण्डा, तस्कर र आपराधिक गतिविधिमा संलग्नको काउन डाउन सुरूः गृहमन्त्री

चन्द्रागिरि । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देशमा गुण्डा, तस्कर र आपराधिक गतिविधिमा संलग्नको काउन–डाउन सुरू भएको बताएका छन ।

राजधानीको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ ले आयोजना गरेको फ्रि वाईफाई वडा घोषणा कार्यक्रममा वोल्दै गृहमन्त्री बादलले देशमा अराजकता, दण्डहीनता भष्ट्रचार, लागुऔषध तस्करी गुण्डागर्दी जस्ता समाजको लागि विष भएका कारण त्यस्ता व्यक्तिहरूको काउनडाउन सुरू भएको बताएका हुन ।

उनले सुशासनविना विकास र समृद्धि हुन नसक्ने बताउँदै आर्थिक अनियमितता गर्ने गराउने र भष्ट्रचारीहरूलाई शसत्त रूपमा कार्भाही गर्ने प्रतिव्धता व्यत्त गरेका हुन । उनले भने– ‘
आर्थिक क्रान्ति, साँस्कृतिक क्रान्ति गर्ने बेला आएको छ, दलाली तन्त्र र सिन्डिकेटलाई अन्त्य नगरेसम्म विकास सम्भावना छैन सरकार विकास गर्न प्रतिव्धता गर्न तयार छ ।’

मन्त्री थापाले वैदेशिक रोजगारीका दललाल सुन तस्कर ,घुस खोर सिन्डिकेटधारीहरूलाई कार्भाही अगाडि वढाईसकेको जानकारी दिए ।

फरक प्रसंगमा मन्त्री थापाले काममा आल्टाल गर्ने ठेकेदारलाई सरकारले कारबाही अघि वढाइसकेकोले अब चुप लागेर नबस्ने बताए ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले कंलकी नागढुङ्गा सडक चाँडो नबनेसम्म नगरपालिको विकासमा बाधा पुग्ने बताउँदै काम नगर्ने ठेकेदारप्रति सरकारको ध्यान जान जरूरी रहेको बताए ।

कार्यक्रममा प्रदेश सभा सांसद रमा आले मगरले देशको आर्थिक समाजिक रूपान्तरणमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने वताउदै , उहाले फरक प्रसङ्गमा बाटो विस्तार कछुवाको गतिमा भएको हुँदा आम राजधानी भित्रने र वाहिरीने सवैलाई असर पुग्गेको चर्चा गरिन ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोपी सुर्खेतीले राजधानी असुरक्षित भएको भन्दै प्रहरी प्रभाग नागढुङ्गाको भवनको स्तरउन्नती, सवारी साधन क्रेन, भेहिकल, स्कृन मेसिन, भेहिकल एक्से मेसिन लागायत प्रविधियुक्त सुरक्षा जाँच चोकीको माग समेत गरेका हुन ।

कमेन्ट गर्नुहोस्