डोटीको बोगटानमा जिप दुर्घटना, ४ जनाको मृत्यु

डोटी, जेठ १४ । डोटीको बोगटान गाउँपालिकामा शैलेश्वरी यातायातको जिप दुर्घटना भएको छ ।

दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ, भने ५ जना घाइते भएका छन् । घटनाको पूर्ण जानकारी भने आउन बाँकि छ ।

गाउपालिकाको वडा नम्वर ६ पलाडी भन्ने स्थानमा से १ ज ८७७ नम्वरको जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । जिप दिपायलबाट बोगटान आउदै थियो ।

घटना स्थल तर्फ प्रहरी चौकी चवराचौताराको टोली गईरहेको ईन्चार्ज प्रहरी सहायक निरीक्षक नारायण वडुले जानकारी दिए ।

चवराचौताराबाट पलाडी पुग्न चार घण्टा लाग्ने गरेको बताइएको छ । गतसाल पनि यहि सडकमा जिप दुर्घटना भएको थियो ।

कमेन्ट गर्नुहोस्