बाढी पहिरोका कारण ३२ जनाको मृत्यु

अबाबा, अत्यधिक बर्षापछि आएको बाढी पहिरोका कारण इथोयोपियामा ३२ जनाको मृत्यु भएको छ ।

गत एक हप्ताको अवधिमा दक्षिणी क्षेत्रमा मात्रै उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

सञ्चार मामिला कार्यालयले गामो गोफा क्षेत्रमा नौ जनाको मृत्यु भएको र १७ जना घाइते भएको जनाएको छ ।

त्यसैगरी राज्यद्वारा सञ्चालित फाना प्रसारण संस्थाले आइतबार सम्प्रेषण गरेको समाचारमा सिडामा क्षेत्रमा २३ जनाको मृत्यु भएको उल्लेख गरेको छ । फानाले अरु छ जना गम्भीर घाइते भएको पनि जनाएको छ ।

अफ्रिकी मुलुकहरुले अहिले अत्यधिक बर्षा र त्यसपछिको बाढी पहिरोको समस्या झेलिरहेका छन् । रासस

कमेन्ट गर्नुहोस्