सुन काण्डः उम्किएकाहरु नै त्यहि धन्दामा संग्लन

काठमाडौं, जेठ १५ । सुन तस्करी प्रकरणमा उम्किएकाहरुले नै त्यहि धन्दालाई निरन्तरता

डेढ बर्षअघि बरामद ३३ किलो सुन तस्करी प्रकरणमा उम्किएकाहरुले नै त्यहि धन्दालाई निरन्तरता दिएको खुलेको छ ।

अलिहेको सुन तस्करी काण्डका मुख्य आरोपित गोरे भनिने चुडामणि उप्रेतिसहितका व्यक्ति नै अघिल्लो प्रकरणका समेत आरोपित थिए, तर विभिन्न कारण देखाउँदै उनीहरुविरुद्ध मुद्धा चलाईएन ।

मुद्धाका प्रतिवादी सूचीबाट उम्किएपछि उनीहरु फेरि तस्करीमा सक्रिय भएको पछिल्लो प्रकरणको अनुसन्धानमा खुलेपछि उनीहरुमाथि गत बर्षकै मुद्धामा समेत जिल्ला अदालत काठमाडौं अरोपपत्र पेस गर्ने तयारी भएको छ ।

२०७३ फागुन २२ मा जिल्ला अदालत, काठमाडौमा दायर आरोपपत्रमा सीताराम खरेलका नाममा गोरेले दुबईमा बसेर सुन ओसार पसार गरिरहको उल्लेख छ । यो समाचार आजको कान्तिपुर दैनिकान छापिएको छ ।

कमेन्ट गर्नुहोस्