प्रदेश नं ५ मा सार्वजनिक विदा

काठमाडौं, जेठ १५ । आज गणतन्त्र दिवसको दिन प्रदेश नं ५ का १२ जिल्लामा सार्वजनिक बिदा हुने भएको छ ।

गणतन्त्र दिवसको बिदा कटौती गरेकोमा चर्को आलोचना भएपछि प्रदेश ५ को सरकारले १५ गते बिदा दिने निर्णय गरेको हो ।

प्रदेश ५ को सरकारले तीन दिनसम्म दिपावली गरेर गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ ।

सार्वजनिक बिदाका कारण सरकारी काम प्रभाबित भएको भन्दै केन्द्र सरकारले यस वर्षदेखि बिदा कटौती गरेको हो ।

विभिन्न चाडपर्व तथा दिवसमा दिइँदै आएको बिदा कटौँती भएको छ ।

तर प्रदेश सरकारले केन्द्र सरकारको निर्णय बिपरित कटौँती गरिएका दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

यसअघि प्रदेश दुर्इमा केन्द्र सरकारले कटौती गराएको बिदा हटाएर थप सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

आज अरु जिल्लामा भने सार्वजनिक बिदा नहुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्