दार्चुलाको पानी, परिक्षणका धनगढी लगियो

दार्चुला, जेठ १५ । पानीमा हुने भौतिक, रासायनिक र जैविक प्रदूषणको मात्रा परीक्षणका लागि जिल्लामा रहेका छ वटा पानी मुहानबाट क्षेत्रीय पानी प्रयोगशाला, धनगढीमा पानी लगिएको छ ।

जिल्लाको चमेलिया नदी, मालिकार्जुन गाउँपालिकामा रहेको पनेबाज मुहान, महाकाली नगरपालिकाको वडा नम्बर ७, धापमा रहेको पानी मुहान, वडा नम्बर ५, गल्फैमा रहेको पानी मुहान, गोकुलेश्वर बजारमा उपभोग भइरहेको पानी र जिल्ला सदरमुकाम खलंगामा उपभोग भइरहेको पानीको नमूना परीक्षणका लागि धनगढी लगेको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय दार्चुलाका सव डिभिजन प्रमुख प्रकाशबहादुर रावलले जानकारी दिनुभयो ।

क्षेत्रीय पानी प्रयोगशाला, धनगढीका केमिष्ट (रसायन शास्त्री) कृष्ण पौडेलले परीक्षणका लागि सोमबार जिल्लाका छवटा पानी मुहानबाट पानीको नमूना लगिएको बताउनुभयो ।

चमेलियाको पानी कुणी र कुष्काडाका बासिन्दाका लागी लिफ्ट प्रणालीबाट बस्तीमा पु¥याइने हुँदा उक्त पानी परीक्षण गरिन लागेको उहाँले बताउनुभयो ।

पनेबाजमा रहेको पानी फोहर भएका कारण परीक्षणका लागि पानी प्रयोगशालामा लगिएको हो । सो ठाउँमा रहेको पानी मुहानबाट रातो रङको पानी आउने गरेको स्थानीयले बताएका छन् ।

यस्तै, अन्य ठाउँमा रहेका मुहानको पानीमा जैविक, रासायनिक र भौतिक प्रदूषणको मात्रा कति छ भन्नेबारे परीक्षण गरिने क्षेत्रीय पानी प्रयोगशाला, धनगढीका केमिष्ट पौडेलले जानकारी दिनुभयो ।

परीक्षणका लागि जिल्लाबाट लगिएका छवटा पानी मुहानको पानीमा प्रदूषणको मात्रा बढी देखिए उक्त ठाउँमा पानी प्रशोधन केन्द्र स्थापना गरी पानीलाई शुद्धीकरण गरिने सव डिभिजन प्रमुख रावलले बताउनुभयो ।

जिल्लाबाट परीक्षणका लागि लगेको पानी ४८ घण्टापछि परीक्षण हुने पानी प्रयोगशाला धनगढीका केमिष्ट पौडेलले जानकारी दिनुभयो ।

जिल्लामा अहिले ९२ प्रतिशत धरधुरीले मात्रै धाराको पानी प्रयोग गरिरहेका छन् ।

जिल्लाका सबै घरधुरीमा शुद्ध पानी पु¥याउने उद्देश्यले यस आवमा विभिन्न ठाउँमा गरी छ करोड ५४ लाख ४९ हजार लागतमा ८७ वटा खानेपानीका योजना निर्माणाधीन अवस्थामा रहेको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय,

दार्चुलाका सव डिभिजन प्रमुख रावलले जानकारी दिनुभयो । अहिले जिल्लाका आठ प्रतिशत नागरिक कुवा, खोला तथा तलाउको पानी पिउन बाध्य छन् । रासस

कमेन्ट गर्नुहोस्