सगरमाथामा शेर्पाको मृत्यु रहस्यपूर्ण

काठमाडौं, जेठ १५ । ३० वैशाखदेखि शुरु यस वर्षको सगरमाथा आरोहण जेठ ११ गते टुंगिएको छ ।

यो याममा ४ सयभन्दा बढीले आरोहण गरेको नेपाल सरकारले सार्वजनिक गरेको छ ।

चार युक्रेनी नागरिक र एक शेर्पासहितको एउटा आरोहणको प्रयोजनका बारेमा भने सरकार बेखबर छ ।

कान्तिपुर दैनिकका अनुसार त्यही आरोहण दलका गाइड ४५ वर्षीय लामबाबु शेर्पाको मृत्यु त झनै रहस्यपूर्ण छ ।

बेलायती पत्रिका फाइनान्सियल टाइम्सले शेर्पाको मृत्युलाई लिएर शंका प्रकट गरेको छ ।

पर्वतारोही तथा सगरमाथा आरोहणमाथि ब्लग लेख्दै आएका अमेरिकी नागरिक एलेन आरनेटले शेर्पाको मृत्युलाई रहस्यमय बताएपछि पत्रिकाले थप अनुसन्धान गरेको हो ।

कमेन्ट गर्नुहोस्